Connect IPS
IME Life

नेपाली बालबालिकाको मानसिक स्वास्थ्यको लागी युनिसेफ र जुरिच फाउण्डेशनको हातेमालो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । जुरिच बीमा समूहद्वारा प्रवद्र्धित जुरिच फाउण्डेशनले कोरोना महामारीको कारण प्रभावित किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्था सुधारको लागी सहयोग गर्नेभएको छ ।

विशेषगरी १० देखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीहरु र तिनको स्याहार गर्ने अभिभावकलाई लक्षित गरेर नेपाल, मलेशिया, इण्डोनेशिया, भियतनाम, इक्वेडर, कोलम्बिया र मेक्सिकोमा युनिसेफमार्फत् कार्यक्रम संचालन गर्न सहयोगको घोषणा गरेको हो ।

Prabhu
Crest

यी सातवटा मुलुकमा ४ लाख प्रत्यक्ष प्रभावित लक्षित समूहको साथै १ लाख ५० हजार तिनको स्याहारमा खटिने मानिसहरुलाई समेट्ने लक्ष्य रहेको छ ।

विशेषगरी कोभिड महामारीको कारण बढ्दो मानसिक विचलनलाई नियन्त्रण गर्नको लागी यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । जुरिच फाउण्डेशनले ग्लोबल कम्युनिकेशन क्याम्पेनमा युनिसेफमार्फत् विश्वभरको ३ करोड जनसंख्यामा जनचेतना अभिवृद्धि, ज्ञान र मानसिक स्वास्थ्य सुधारको लागी सकारात्मक संवाद र सम्पर्क स्थापित गर्ने कार्यक्रम समेत संचालन गर्ने भएको छ ।

यो विश्वव्यापी अभियानलाई विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आगामी अक्टोबर(मंसिर) महिनामा घोषणा गर्ने योजना रहेको छ । नेपाललाई अन्तर्राष्ट्रिय दातृ संस्थाहरुमार्फत विभिन्न कार्यक्रमहरु संचालनको लागी सहयोग गर्दै आएको स्वीट्जरल्याण्डमा मुख्यालय रहेको जुरिच बीमा समूहको व्यवस्थापन र कर्मचारीद्वारा प्रवद्र्धन गरिएको संस्था हो,जुरिच फाउण्डेशन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS