काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को बजेटसम्बन्धी विधेयक २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुल्ने छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।