Connect IPS
IME Life

बाणिज्य बैंकका शेयरधनीहरुलाई राहात, बैंकिङ सूचक ४७ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबार बाणिज्य बैंक र फाइनान्स बाहेक सम्पुर्ण सूचक ओरालो झरेका छन् । दोस्रो बजारमा ७० प्रतितिशत भन्दा धेरै हिस्सा रहेको बाणिज्य बैंकको सूचक ४७ अंकले सुधार हुँदा पनि नेप्से सूचक भने जम्मा २.४७ अंकले मात्रै बढेको छ ।

बाणिज्य बैंकहरुले लाभांस घोषणा गर्ने थाले सँगै बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको हो । साता अन्तिम दिन नेप्से सूचक २ दशमलब ७० प्रतिशतले बढेर २८१९.६६ अंकमा रोकिएको छ । विगत लामो समयदेखि बैंकहरुको शेयर मूल्य सुधार हुन सकेको थिएन । तर आज अन्य सूचक घटेर बाणिज्य बैंकहरुको शेयर मूल्य बढ्न थालेको हो ।

Prabhu
Crest

लगानीकर्ताले अन्य क्षेत्रका कम्पनी बिक्री गरेर बाणिज्य बैंकहरुको शेयर खरिद गर्न थालेका हुन् । बाणिज्य बैंकहरुको शेयर अझै पनि अण्डर भ्यालु छ । यहि मूल्यमा शेयर खरिद गर्दा बैंकहरुले घोषणा गर्ने लाभांसले जित्न सक्ने देखेपछि लगानीकर्ताहरु बैंकको शेयरमा आकर्षित भएका हुन् । बैंक सँग फाइनन्समा पनि लगानीकर्ता आकर्षित देखिन्छन् । फाइनान्सको सूचक ८.२ अंकले सुधार भएको छ ।

मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ६.१३ प्रतिशतले बृद्धि भएको छ । बुधबार लाभास घोषणा गरको सानिमा बैंकको सबैभन्दा धेरै ३४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन पावर पार्टनरका शेयरधनीहरुले सबैभन्दा धेरै ५.०९ प्रतिशतले गुमाएका छन् । ५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२८ वटाको मूल्य तल झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS