काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुका लागि १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बैंकले २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर जारी गर्दैछ । हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । शेयरधनीहरुले एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार मध्यम किसिमको जोखिम रहेको संकेत प्रदान गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस प्राप्त गरेको छ ।
बैंककको हालको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।