Connect IPS
IME Life

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

कम्पनीले यसअघि भदौ २१ गतेदेखि ३१ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको उक्त शेयर पुनःलिलामीमा विक्री खुला गरेको हो ।

Prabhu
Crest

आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामी मा आउको हो । उक्त शेयरमा असोज १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ५३९ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ४९७ रुपैयाँ र नागरिक लगानी कोषको प्रतिकित्ता हजार १९७ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै पनि हद लाग्ने छैन । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS