काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २,६९८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीले ४० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन डिस्टिलरीको २२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।