Connect IPS
IME Life

नेपाल ल्यूव आयलको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोलि असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । त्यसकारण बुक क्लोजको आधारमा आज असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले असोज १८ गते ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११ः३० बजे गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

सभामा कम्पनीले ३० प्रतिशत बोनश शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS