काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको बार्षिक साधारणसभा असोज २४ गते हुने भएको छ । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले आफ्नो पाँचौं बार्षिक साधारणसभाको मिति तय गरेको हो ।
सभामा आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन अनुमोदन गरि पारित गर्ने, बार्षिक वित्तीय विवरण स्वीकृत गर्ने , लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, नयाँ संचालक समिति गठन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।
सभामा कम्पनीको जारी र अधिकृत पूँजी वृद्धि गर्ने, सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने र सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, प्रस्ताव पारित गर्नेछ । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।