काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारलाई दरिलो बनाउने हेतुले उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ वित्तीय पहुच पुराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले देशभरका ४९ जिल्लामा १३७ औं शाखा कार्यालय र १६७ एटिएमबाट आफ्ना ग्राहकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्दै आएको छ ।