काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थिततिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो खाताअनलाइन माध्यमबाट पनिखोल्न सकिनेछ।
हालसम्म बैंकले १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएम मार्फत ग्राहकलाई बैंकिङ सेवातथा सुविधाप्रदानगर्दै आएको छ ।