काठमाडौं । आज मुक्तिनाथ क्यापिटल र एनएमबि क्यापिटलको साधारण सभा हुँदैछ । मुक्तिनाथ क्यापिटलले अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा साधारण सभा बोलाएको हो । सभाले १८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै एनएमबि क्यापिटलले बिहान ११ः३० बजे आरण्य बुटिक होटल मनकामना मार्ग, हात्तिसारमा साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा छ ।