काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ७६ दशमलव ६५ अंकले घटेर २,८१२ दशमलव ३९ को विन्दुमा कायम भएको छ । २२९ वटा कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि हाइड्रोपावर कम्पनीको २८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको २५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।