काठमाडौं । डिल्लीराज अर्यालले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले भदौ भदौ २७ गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनको राजिनामालाई हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
सरकारले अर्याललाई केहि समय अगाडि मन्त्रालय तानेको थियो । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख शेयरधनी राष्ट्रिय बीमा कम्पनीमा आफु नरहेको भन्दै उनले सञ्चालक सदश्यको रुपमा निरन्तरता दिन नसक्ने कारण खुलाइ राजिनामा दिएका थिए ।
नेपाल पुनर्बीमामा नेपाल सरकार सहित केहि बीमा कम्पनी, व्यवसायिक घराना सहित सर्वसाधारणको लगानी रहेको छ । यदि मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा स्वीकार गरेको भए उनले राजिनामा दिनु पर्दैन थियो ।
025635e73ec034f5d2edc52451cdd35d