काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको हो । त्यसैले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न साउन ३० गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाइसकेको छ ।
हकप्रद शेयर निष्काशनको मिति भने कम्पनीले तय गरेको छैन् । कम्पनीले हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।