काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव २६ अंकले घटेर २,८८९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रैराङ हाइड्रोपावर कम्पनीको १४ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।