काठमाडौं । मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा निवेदन दिन आग्रह गरेको छ ।
उक्त समय अवधिमा संस्थापक शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार विक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।