काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । कम्पनीले पुराना दुई आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेको ६६ लाख ३८ हजार ९८० रूपैयाँ बराबरको लाभांश लिन आग्रह गरेको हो ।
आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये १८ लाख ९८ हजार ८६० रूपैयाँ र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांशमध्ये ४७ लाख ४० हजार १२० रूपैयाँ वितरण हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो ।
अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।