काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ। बैंक र सिडिएससि बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ९६ वटै शाखा कार्यालयहरु मार्फत यथासक्य चाडो निक्षेप सदस्यको रुपमा सर्बसाधारणलाई सेवा सुविधा प्रदान गर्नेछ ।
सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हाल सिडिएससिबाट ७९ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।