काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोडबुटवल,धनगढी,इटहरी,विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ ।
कम्पनीले विप्रेषण, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।