काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघ–संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा मात्रै ५ विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरता अभियानमा सहयोग पुग्ने गरी फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीका लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेशनल प्रा.लिलाई सहयोग गरेको छ ।
त्यस्तै, कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राही बस्ने प्रतीक्षालयमा कुर्सी अभाव हटाउन बैंकले ३ थान ३ सिटरको फलामे कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तान्तरण गरेको छ ।
साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पु¥याउन रेस्ट फाउन्डेशन अन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि आवश्यक किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेको छ । भैंसेपाटीस्थित प्रगति युवा क्लबद्धारा आयोजित रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गरिएको बैंकको भनाइ छ ।
बैंकले आर्थिक स्थिति कमजोर भएका कास्कीको पोखरा महानगर–२२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।