काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैंकले नेपालीहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिनका लागि उक्त अफर संचालनमा ल्याएको बैंकले जनाएको छ ।
चाडपर्वको अवसरमा बैंकले घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, विभिन्न सवारी साधन कर्जा र व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत बैैंकका ग्राहकहरुलाई घर कर्जा ७ दशमलव ४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७ दशमलव २४ प्रतिशत, गाडी कर्जा ६ दशमलव ८८ प्रतिशत, मोटरसाइकल कर्जा ७ दशमलव ९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।