काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । गिरीलाई अध्यक्षको नियमित काम कारबाही सञ्चालका लागि पत्र पठाएको छ ।
सर्वोत्तम सिमेन्टमा इन्साइड्र ट्रेडिङ गरेको आरोपमा मन्त्रालयले अध्यक्ष भिष्मराज ढुङ्गानालाई निलम्बन गरेको छ । पुर्व न्यायाधिसको संयोजकत्वमा छानविन समिति गठन गर्दै उनलाई निलम्बन गरिएको हो । उनि निलम्बनमा परे सँगै अध्यक्षको नियमित काम कारबाही नै रोकिने भए पछि कार्यकारी निर्देशक गिरीलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो ।