काठमाडौं । प्रभु बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल ट्रिपल बी रेटिङ प्रदान रेटिङ प्रदान गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि रेटिङ गराएको हो ।
कम्पनीले निष्काशन गर्न लागेको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी एलबीबीबी रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको देखाउँछ ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा गरींं नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र ऋणपत्र निष्काशन गर्नेछ ।