काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २७ अंकले बढेर २,९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज ६ वटा उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक घटेको छ । आज ७६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले गुमाएका छन् ।