काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा असोज १६ गते हुने भएको छ । सभा बिहान ११ बजे होटल रुवस बैयाबेहडी, धनगढी, कैलालीमा गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्ने जनाएको छ ।
घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर (१ः०.५०) शेयर अदान प्रदान अनुपातलाई पारित गर्नेछ ।
यी दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भीक समझदारी पत्रमा २०७७ कात्तिक २१ गते हस्ताक्षर भएको थियो ।