काठमाडौं । प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीको लिलामीमा शेयरमा संस्थापक शेयरधनी सहित अन्य इच्छुक ब्याक्ति तथा संघसंस्थाले आज सोमवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
आज बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, कमलादीमा खालिने कम्पनीले बताएको छ ।