काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रद बाँडफाँड तथा रकम फिर्ता भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भदौ २६ गते शनिवार शेयर बाँडफाँड गरेको एक सुचना जारी गर्दै जनाएको छ ।
क्यापिटलले हकप्रद शेयर नपरेको आवेदकको हकमा भदौ ३१ गते बिहिबारदेखि पैसा फिर्ता गर्ने जनाएको छ । कनेक्ट आईपिएस मार्फत आवेदकको खातामा नै पैसा पठाईने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिएका १ लाख ९६ हजार ४ सय २४ जना आवेदकलाई ७ करोड ३७ लाख ७० हजार २ सय ७६ कित्ता शेयर बाँडफाँड गरिएको छ । बिक्रि नभएको ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर फेरी लिलाममा विक्री गर्ने कम्पनीले जनाएको छ ।
एचआईडिसीएलके साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।