काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको हो ।
शेयरको न्युनतम प्रतिकित्ता ६८५ रुपैयाँ तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन सोमवार ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।