काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १:०.७० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभामा लोखा परिक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाहको बारेमा छलफल गरेको छ ।
ललितपुर फाइनान्स कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।