Connect IPS
IME Life

रेमिट्यान्स बचतमा सेञ्चुरी बैंकले १% बढी ब्याज दिने, संचालनमा ल्यायो नयाँ बचत खाता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account’  को शुभारम्भ गरेको छ । एक हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ  । यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका  साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निशुल्क, लकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको बैंकले जनाएको  छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Accountखोल्ने सुबिधा लिन सकिने र  उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ  ।

Prabhu
Crest

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अन्य जानकारीका लागि बैकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS