Connect IPS
IME Life

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालका स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयर आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता शेयर भदौ २० गतेदेखि लिलामीमा ल्याएको हो ।

जसमा सेञ्चुरी बैंकको प्रतिकित्ता १५० रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३५० रुपैयाँ र कामना सेवा विकास बैंकको २५० रुपैयाँ मुल्य तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

तीन वटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आज आइतवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र सोमवार दिनको ३ः३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS