Connect IPS
IME Life

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अरुण काबेली पावर र नेपाल फाइनान्सको साधारण सभा हुँदैछ । अरुण काबेली पावरको साधारण सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेडटावर, थापाथलीमा हुनेछ ।

सभाले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले १७ प्रतिशत बोनश शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले हाल कम्पनीको सञ्चालक समितिमा सात जना सञ्चालक रहेकोमा घटाएर पाँच जनामा सीमित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्तापुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द रहेको छ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय कमलादीमा बोलाएको छ । सभाले ललितपुर फाइनान्सलााई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले साविकको ललितपुर फाइनान्सको आव २०७४/७५ ,२०७५ /७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS