IME Life
GBIME

अपि पावरले पारित गर्यो हकप्रद निष्काशन र लाभांशको प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपि पावर कम्पनीको अठारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेको आव २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Crest

त्यस्तै, सभाले बोनश शेयरपछि कायम चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले बोनश वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS