काठमाडौं । साधना लघुवित्तले आर्थिक वर्ष २०७७/ ७८ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बिहिबार सम्पन्न संचालक समितिको बैंठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पूजीको २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि १ दशमलव ३२ प्रतिशतले हुन आउने ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ।