IME Life
GBIME

तेह्रथुम पावरको आइपीओ पर्यो कि परेन ? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ आज बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही समय पछि मात्रै हेर्न मिल्ने विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार तेह्रथुम पावर कम्पनीको वेबसाइट https://terhathumpc.com/, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट http://niblcapital.com/,  सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिने छ ।

Crest

कम्पनीको आइपीओमा योग्य २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकले गोलाप्रथाबाट शेयर हात पारेका छन् । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । आवेदन दिएकामध्ये २२ लाख ८१ हजार ४७ जना आवेदकको हात खाली भएको छ ।

आइपीओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको भने २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS