Connect IPS
IME Life

तेह्रथुम पावरको आइपीओ बाँडफाँड सम्पन्न, ७४ हजार ४ सय जनाले हात पारे १० कित्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीको आइपीओमा योग्य २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकले गोलाप्रथाबाट शेयर हात पारेका छन् । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । आवेदन दिएकामध्ये २२ लाख ८१ हजार ४७ जना आवेदकको हात खाली भएको छ ।

आइपीओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको भने २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको थियो ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने व्यवस्था थियो । कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।

यसअघि नै कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गरीसकेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS