Connect IPS
IME Life

तिव्र उतारचढावका विच झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम ७ अर्बमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कारोबार सुरु भएको केहि समय तिव्र गतिले सुधार देखिएको शेयर बजार ३० मिनेट पनि टिक्न सकेन । ३२ अंकले सुधार भएको शेयर बजार एकाएक तल झर्दा केहि समयमै १३ अंकले तल झर्यो । सुरुवाती एक घण्टाको उचारचढाव पछि कारोबार रकममा पनि खासै राम्रो सुधार हुन सकेन ।

Prabhu
Crest

साताको अन्तिम दिन नेप्से सूचक सुन्य दशमलब ६२ अंकले घटेको छ । कारोबार रकम पनि ७ अर्ब ५ करोड रुपैयाँमै सिमित भएको छ । व्यापार, हाइड्रोपावर, जीवन बीमा र इन्भेष्टमेन्टको उपसूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् ।

सबैभन्दा धेरै हाइड्रोपावरको सूचक १.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा ठुलो गिरावट फाइनान्समा देखिएको छ । फाइनान्सको सूचक १.२८ प्रतिशतले घटेको छ । दोस्रो बजारमा २३० वटा कम्पनीहरुको कारोबार हुँदा ८५ वटाको मूल्य घटेको छ ।

आज तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर, सानिमा लाइफ र रैराङ हाइड्रोपावर सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको हो । रिडी हाइड्रोपावरका शेयरधनीहरुले सबैभन्दा धेरै ५.२६ प्रतिशतले गुमाएका छन् । रिडीको मूल्यमा सर्वाधिक गिरावट हुँदा कारोबार रकम भने सबैभन्दा धेरै ४९ करोड ३९ लाख रुपैयाँको भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS