काठमाडौं । एनआईविएल एस क्यापिटल र मुक्तिनाथ क्यापिटलले वार्षिक साधारणसभा डाकेका छन् । दुबैले नगद लाभांसको प्रस्ताव गरेका छन् ।
एनआईविएल एस क्यापिटलले असोज १५ गते आफ्नै केन्द्रिय कार्यालय लाजिम्पाटमा नवौ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत नगद लाभांसको प्रस्तावलाई पारित गर्नेछ । क्यापिटलको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । यसै पूँजीको २७ प्रतिशत अर्थात ७ करोड २ लाख रुपैयाँ नगद लाभांस वितरण गर्नेछ । क्यापिटलले गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्व अन्तर्गत अनुदान तथा दान गरिएको ४ लाख २४ हजार रुपैयाँ पारित गर्नेछ ।
त्यस्तै मुक्तिनाथ क्यापिटलले असोज एक गते होटल क्राउन इम्पेरियलमा १२ औ साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गर्ने छ ।