काठमाडौं । सिनर्जी पावर कम्पनीकिो हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र कम्पनीको तर्फबाट प्रबन्धक संचालक सुरेन्द्र बहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले बोनश शेयर पछि हाल कायम चुक्ता पूँजीको८० करोड ६५ लाख ७५ हजार को २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ताको प्रति शेयर १ सय रुपैयाँका दरले हुन आउने ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ ।