काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको १९ करोड १२ लाख रुपैयाँको शेयर करोबार भएको छ । ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।