काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । हिजो १६१ अंकले बढेको शेयर बजार आज फेरी घटेको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २२२ वटा कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको १९ करोड १२ लाख रुपैयाँको शेयर करोबार भएको छ । ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएबा छन् । यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् ।