IME Life
Beema Board

युनिलिभरले साढे ६ गुणाले बढायो लाभांश, दश वर्षमा शेयरधनीले पाए ७ अर्ब २१ करोड रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको मुनाफाबाट ६५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट ६० करोड १२ लाख ५० हजार रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ९ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत नगद लाभांश दिएको थियो । कोभिड १९ का कारण व्यवसायमा आएको मन्दी सँगै लाभांश दर पनि घटेको थियो । तर यस पटक भने कम्पनीले साविकको जस्तो लाभांश दर बढाएको छ । लाभांशदर घटेकोले गएको वर्ष कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको थियो । सोमबारको बजार मूल्य अनुसार १९ हजार ५०० रुपैयाँ रहेको छ । दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा महंगो युनिलिभरले विगतका १० वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

Prabhu
Crest

कम्पनीले यस पटक घोषणा गरेको लाभांश असोज २४ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने जनाएको छ । साधारणसभाले उक्त लाभांश पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । कम्पनीले डिम्याट गरेका शेयरधनीहरुलाई मात्रै घोषित लाभांश बैंक खातामा पठाउने जनाएको छ । डिम्याट गरेकालाई पनि आफ्नो शेयर रजिष्ट्रारकोमा गएर बैंक खाता अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS