काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले उक्त शेयर साउन १९ गतेदेखि लिलामीमा ल्याएको थियो ।
बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर आज भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ । त्यसकारण शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आज भदौ २२ गते तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने बैंकले जनाएको छ ।