काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६१ दशमलव ९४ अंकले बढेर २,९८० दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १८५ वटा कम्पनीको शेयर बढेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै विकास बैंक उपसूचक ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।
आज ७५ वटा कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले नै कमाएका छन् ।
आज शेयर बजार भारी अंकले बढ्दा पनि सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।