Connect IPS
IME Life

लगानीकर्ताको आन्दोलन पछि अर्थमन्त्री र गभर्नरको वार्ताले बजार पुरानै लयमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर धितोकर्जामा नेपाल राष्ट्र बैंकले कडाइ गरे सँगै ओरालो झरेको शेयर बजार पुरानै लयमा फर्किएको छ । लगानीकर्ताले नेपाल राष्ट्र बैंकको कदमलाई लिएर आन्दोलन सुरु गरे सँगै अर्थमन्त्री र गभर्नरले छलफल गरेका छन् । टेलिफोन कुराकानीमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर लचिलो हुन आग्रह गरेका छन् ।

उक्त टेलिफोन बार्ता पछि शेयर बजार बढ्न थालेको छ । मौद्रिक नीति पछि हिजो आइतबारसम्ममा ४०० अंक भन्दा धेरैले तल झरेको थियो । १५/२० दिनमै ४०० अंक भन्दा धेरैले बजार तल झरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । लगानीकर्ताले गभर्नर अधिकारीको बर्खस्तको माग गर्दै आन्दोलन नै गरेका छन् । उनिहरुले १८ बुँदे माग राख्नै उक्त मागहरु पुरा नभएका खण्डमा आमरण अनसन बस्ने भन्दै चेतावनी दिदै आएका छन् ।

Prabhu
Crest

अर्थमन्त्री सँगको वार्ताले बजार सुधार भए पनि राष्ट्र बैंकले भने मौद्रिक नीतिमै उक्त व्यवस्था रहेको हुँदा संसोधनका लागि केहि समय लाग्ने बताउदै आएको छ । कुनै पनि नीति बनाउदै गर्दा राष्ट्र बैंकले अध्ययन गरेर मात्रै बनाउने भएकाले आन्दोलनकै भरमा पछाडि हट्ने वा फिर्ता लिने भन्ने कुरा नहुने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जानकारी दिए । राष्ट्र बैंकले लगानीकर्ताको माग सुनुवाइ नगरे चरणबद्ध आन्दोलन गर्ने बताउदै आएकाले अर्थमन्त्री दवावमा परेका छन् ।

अर्थमन्त्रीले पनि शेयर बजारलाई असर पार्ने कुनै पनि कुरालाई आफुले सहन नसक्ने बताउदै आएका छन् । शर्माले लगानीकर्ता सँगको भेटमा आफु बजार प्रति कहिले पनि नकारात्मक नभएको अभिव्यक्ति दिदै आएकोले पनि लगानीकर्ताको मनोबल बढिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS