Connect IPS
IME Life

ठुला लगानीकर्ताले शेयर खरिद नगर्दा ४ प्रतिशतले घट्यो नेप्से , मार्जीन कलको फोन आउन थाल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार कारोबार खुलेको डेढ घण्टामै ११२ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकको शेयर बजार प्रतिको उदारताले बजार घटेको लगानीकर्ताको आरोप छ । शेयर बजारमा केहि दिन देखिको लगातार गिरावटले बैंकहरुले मार्जीन कल गर्न थालेका छन् । शेयरधितो कर्जा लिएका ऋणीलाई मूल्याङ्कन भन्दा तल झरेको भन्दै बैंकहरुले शेयर धितो कर्जा भुक्तानी गर्न दवाव दिन थालेका हुन् ।

नेपाल राष्ट्र बैंकले १२ करोड रुपैयाँ भन्दा धेरे शेयर धितो कर्जा लिने ऋणीलाई कर्जा अवधि समाप्त हुने वित्तीकै १२ करोड रुपैयाँमा झार्न निर्देशन दिएको छ । यो नियम एकाघर परिवार भित्रका सम्पुर्ण सदश्यको हकमा लागु हुने भन्दै निर्देशन दिए पछि लगानीकर्ताले चर्को विरोध गर्दै आएका छ । केहि लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको राजिनामा माग गर्दै राष्ट्र बैंक पुगेका छन् ।

Prabhu
Crest

राष्ट्र बैंक शेयर बजार प्रति अनुदार भएको भन्दै उनिहरु आक्रोसित भएमा हुन् । राष्ट्र बैंकको कदमलाई विरोध गर्दै दिपेन्द्र अग्रवालको समुहले आज दोस्रो बजारमा कारोबार नै नगर्ने घोषणा गरेका छन् । यो समुहले शेयर खरिद बिक्री नगर्दा अन्य लगानीकर्ताले आत्तीएर शेयर बिक्री गर्न थालेका हुन् । साना लगानीकर्ताको पेनिक सेलले दोस्रो बजारमा ११२ अंक भन्दा धेरैले पहिरो गएको छ ।

ठुला लगानीकर्ताले थामिएको शेयर बजार उनिहरुले हात झिक्ने वित्तीकै पहिरो गएको हो । राष्ट्र बैंकले ठुला लगानीकर्तालाई लक्षित गर्दै नीति अख्तियार गर्दा साना लगानीकर्ता डुबेका छन् । यस अवधिमा कतिपय कम्पनीमा अत्याधिक उछाल आएको थियो । सोहि उछालमा देखिएको करेक्सनले पनि बजारमा पेनिक अवस्था सिर्जना भएको हो । अर्को तर्फ बैंकिङ तरलता पनि घट्दै गइरहेको छ । व्याजदर बढ्ने संकेतले पनि कतिपय लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिन खोजिरहेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS