काठमाडौं । युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।