काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेञ्चुरी कमर्सियल बैंक, मञ्जुश्री फाईनान्स र कामना सेवा विकास बैंकको संस्थापक समुहको शेयर बोल कबोल लिलाम मारर्फत बढाबढ दरमा बिक्री गर्ने भएको छ । हाथवेले आफ्नो स्वामित्वमा रहेको सेञ्चुरीको २ लाख ५ हजार ५१३ कित्ताका लागि न्युनतम दर १५० रुपैयाँ तोकेको छ ।
त्यस्तै मञ्जुश्री फाईनान्सको ९५ हजार ९५५ कित्ताको लागि न्युनतम दर ३५० रुपैयाँ तोकेको छ भने २ लाख ५० हजार ४६६ कित्ता शेयरको न्युनतम दर २५० रुपैयाँ तोकेको छ । बढ्दो बजारलाई सदुपयोग गर्दै हाथवेले न्युनतम दर साविका दरमा भन्दा माथि राखेको छ ।
लगानीकर्ताले न्युनतम पनि ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । आवेदकले ग्लोबल आइएमई क्यापिटल नक्साल मार्फत बोलपत्र आवेदन पेश गर्न सक्नेछ । आवेदकले भदौ २० गते पश्चात कम्पनीले वितरण गर्ने लाभांस तथा हकप्रद शेयर प्राप्त गर्न सक्ने छन् । आवेदकले भदौ २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।