Connect IPS
IME Life

शेयर बजार करेक्सन कि वियरिस ट्रेण्डको लक्षण, यस्तो छ विश्लेषण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विगत १५ दिनमा शेयर बजार २७३ अंकले घट्दा लगानीकर्ता आत्तीएका छन् । गत भदौ २ गते नेप्से इन्डेक्स इतिहासकै सर्वाधिक ३१९९ अंक पुगेर घटिरहेको छ । बजार बढ्दा हौसिने लगानीकर्ताहरु सामान्य गिरावटमै तर्सिने गरेका छन् । बुलिस ट्रेण्डको छोटो समयमै सर्वाधिक उचाइ लिएको नेप्से कुनै पनि समयमा तल झर्न सक्ने आकलन गर्दै सामान्य करेक्सन हुँदा पनि पेनिक सेल हुने गरेको छ । यस साता साना तथा ठुला लगानीकर्ताले पेनिक सेल गरेको विश्लेषकहरु बताउछन् ।

पछिल्लो मुभमेन्टममा नेप्से लगातार सुधार हुने क्रममा ३९८ अंकले सुधार भएको देखिन्छ । यहि सुधारमा करेक्सन हुने क्रममा पछिल्लो १५ दिनमै २७३ अंकको गिरावट देखिएको हो । यो गिरावटमा नेपाल राष्ट्र बैंकको नीति प्रमुख कारक बन्यो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एका घरका लगानीकर्ताले १२ करोड रुपैयाँ भन्दा धेरै शेयरधितो कर्जा लिन नपाउने यदि लिएको छ भने उक्त कर्जाको म्याद सकिए पछि नविकरण गर्न नपाउने व्यवस्था गरिदिएको छ । यसै क्रममा ठुला लगानीकर्ताले पछिल्लो १५ दिनमा शेयर बिक्री गरिरहेका छन् । कतिपय ठुला लगानीकर्ताले एक अर्ब हाराहारीको कर्जा लिएर शेयर खरिद गरेको पाइन्छ ।

Prabhu
Crest

बजार लगातार सुधार हुने क्रममा कुनै न कुनै मुभमेन्टमा कहिले नेपाल राष्ट्र बैंक त कहिले धितोपत्र बोर्ड या राजनीतिक कारण बन्दै आएको पाइन्छ । यस पटक राष्ट्र बैंक कारक बने पनि त्यस भन्दा अगाडि नेपाल धितोपत्र बोर्ड कारक बनेको थियो । बोर्डले लगानीकर्तालाई सचेत गराउदै लगानीको जोखिम भएका कम्पनीको सूचि सार्वजनिक गर्दा शेयर बजारमा २ सय भन्दा माथिको करेक्सन भएको थियो ।

अहिलेको मुभमेन्टममा केहि हदसम्म बैंकिङ तरलताले पनि भित्री रुपमा काम गरेको छ । एक वर्ष अगाडि रिभर्स रिपो जारी गरिरहेको नेपाल राष्ट्र बैंकले बिहीबार मात्रै २० अर्बको रिपो जारी गरेको छ । बाणिज्य बैंकहरुले केहि समय अगाडी मुद्दती निक्षेपमा ८.५० प्रतिशतको व्याजदरमा सहिमति गरेका थिए । बिहीबार मात्रै सिभिल बैंकले मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशत निर्धारण गरेको छ । केहि समय अगाडि नविल बैंकले पनि मुद्दनी निक्षेपको व्याजदर बढाएको थियो ।

यसले बजारमा तरलता अभावको संकेत गरिरहेको छ । यसको प्रमुख कारण लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार बढ्नु हो । दशै तिहार पछि घर जग्गाको सिजन हो । त्यसैले गर्दा घरजग्गा व्यवसायीले यो समयमा सकेको जग्गा खरिद गर्न सुरु गर्छन् । यसै क्रममा बैंकबाट अत्यधिक कर्जा जान्छ । यसको प्रत्यक्ष अप्रत्यक्ष असर बैंकिङ कर्जामा देखिन थाल्छ ।

अर्को तर्फ विगए एक डेढ वर्षको दौरानमा दोस्रो बजारका लगानीकर्ताले राम्रो कमाइ गरेका छन् । उनिहरुको अवको ध्यान घरजग्गा नै हो । यदि शेयर लगानीकर्ताको ध्यान घरजग्गा तर्फ मोडियो भने शेयर बजारमा केहि समय राम्रै करेक्सन आउछ । तर घरजग्गा कारोबार तत्कालका लागि त्यति सजिलो भने छैन । सरकारले कित्ताकाटलाई अझै पनि रोकेर राखेको हुँदा तत्काल लगानीकर्ताहरु शेयरबजारबाट डाइभर्ट भइहाल्ने अवस्था पनि छैन ।

करेक्सनको समयमा शेयर बिक्री गर्नेहरुलाई लगानीको दोस्रो विकल्प नभएको हुँदा पुनः शेयर बजार बढ्ने कतिपयको विश्लेषण छ । ठुलै करेक्सन भयो भने पनि पहिला शेयर बिक्री गर्नेहरुले खरिद गर्न थाल्नेछन् । नियमित रुपमा लगानी गरिरहेकाहरुले पनि घटेको मौकमा लगानी थप्न सक्ने सम्भावना उत्तीकै छ । अवको एक दुई महिना सूचिकृत कम्पनीहरु तथा बैंकहरुले घोषणा गर्ने लाभांसका आधारमा बजारमा सुधार देखिनेछ ।

बियरिस कि करेक्सन

नेपालको शेयर बजारमा चार वर्ष बुलिस र चार वर्ष वियरिस सहित ८/८ वर्षको साइकल चल्ने गरेको देखिन्छ । यसै क्रममा पछिल्लो बुलिस सुरु भएको दुई वर्ष भयो । तर पछिल्लो एक वर्षमा शेयर बजार सर्वाधिक बढ्यो । ठुलो अंकको फण्डकोले गर्दा लगानीकर्ताहरु आत्तीएका छन् । दुई हजार अंकको सुधारमा दुई तीन सयको गिरावट पछि लगानीकर्ताहरु आत्तीदै वियरिस कि करेक्सन भन्न थाल्छन । पछिल्लो समय पनि यहि विषयमा लगानीकर्ताहरु आत्तीन थालेका छन् ।

यस भन्दा अगाडि २०१६ मा बुल ट्रेण्डको अधिकतम विन्दु बन्यो । त्यस पछि २०१९ सम्म बजार लगातार तल झर्यो । तल झर्ने क्रममा २०१६ भन्दा अघिल्लो बुलको अधिकतम विन्दुलाई छोएर सुधार भयो । यस पटकको बुल सुरु भएको दुई वर्ष मान्ने हो भने पनि अवको दुई वर्ष बजार कुनै न कुनै हिसावले सुधारकै क्रममा देखिने निश्चित छ । त्यसैले गर्दा पनि कतिपय लगानीकर्ताहरुले नेप्से इन्डेक्स बजार ४ हजार ५ हजारको लख काटिरहेका छन् ।

पछिल्लो मुभमेन्टममा सबैभन्दा ठुलो साथ जलविद्युत कम्पनीको देखियो । विद्युत नियमन आयोगकै कारण बढेको हाइड्रोपावरको शेयर आयोगकै सचेतना पछि तल झरेको हो । तुलनात्मक रुपमा अहिले हाइड्रोपावर फाइनान्स र विकास बैंकको इन्डेक्स माथि छ । तर अझै पनि बाणिज्य बैंक, माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको सुधार हुन सकेको छैन । बाणिज्य बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर मूल्य यस अगाडिको बुलमा कायम मूल्य भन्दा धेरै तल रहेकोले पनि लगानीकर्ताहरुले नेप्से इन्डेक्स ४ हजार नाघ्ने विश्लेषण गरेका हुन् ।

पछिल्लो एक वर्षमा दोस्रो तथा प्राथमिक बजारका लगानीकर्ता ह्वात्तै बढिरहेका छन् । डिम्याट खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । अझ मेरो शेयरको अनलाइन एप्लिसकेन सञ्चालन गर्नेको संख्या ३३ लाख नाघेको छ । डिम्याट खाता दोहोरो भएको कुरालाई मेरो शेयरको प्रयोगकर्ताले केहि हदसम्म चिरेको छ । मेरो शेयरको प्रयोगकर्तालाई मात्रै हेर्ने हो भने पनि सक्रिय लगानीकर्ता ३३ लाख नाघेका छन् । अर्को तर्फ दोस्रो बजारमा पनि लगानीकर्ताको सहभागिता बढेको छ । बैंक वित्तीय संस्थाको पूँजी बृद्धिलाई पछिल्लो समय थपिएका लगानीकर्ताले धान्न सक्ने अवस्था सिर्जना भएको छ । प्राथमिक शेयर निष्काशन हुँदा २३ लाख भन्दा धेरैको आवेदन परिरहेको छ । यस हिसावले अवको दुई वर्षको बुललाई यस तथ्याङ्कले जस्टिफाइ गर्छ । तर बजार धेरै नै आक्रामक हुँदै गयो भने बेला बेलाको धक्काले नराम्रो असर पार्न सक्छ । यदि बजार करेक्सन सँगै एकुमुलेट हुँदै जाने हो भने दिगो पनि हुन सक्छ । तर विगतको ट्र्याक रेकर्डलाई हेर्ने हो भने लगानीकर्ताले नाफा बुक गर्दै गर्दै जानु पर्छ ताकि बजार तल झर्दा पनि प्राथमिक लगानी भन्दा तल नझरोस र शेयर संख्या पनि नघटोस ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS