IME Life
GBIME

आजसम्म शेयर किन्नेले अपि पावरको लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपि पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म शेयर दर्ता पुस्तक बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण आज भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

कम्पनीले अठारौ वार्षिक साधारण सभा भाद्र २५ गते, शुक्रबार गर्ने भएको छ । कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमांडौबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Crest

सभाले कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशतनगद लाभांश ९कर प्रयोजनार्थ० गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS